२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राजनीतिक पहलका लागि जेन-जेड-वाइ-एक्सले थाल्यो अभियान

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे केही युवाहरूको पहलमा ‘संयुक्त राजनीतिक पहल’ सुरु भएको छ । सङ्क्रमणकालीन राजनीतिलाई थप लोकतान्त्रिक, अग्रगामी र परिणाममुखी बनाउन सबै क्षेत्रसँग समन्वय, बहस र सहकार्य गर्नुपर्ने भन्दै उनीहरूले अग्रसरता देखाएका छन् ।

यो अभियान छेड्नेमा नागरिक संगठनका प्रतिनिधि, ठूला दलका केन्द्र र प्रदेश कमिटीमा रहेका युवा नेताहरू संलग्न रहेको अभियानका एक अगुवाले बताए ।

जेन-जेड-वाइ-एक्स सम्मिलित यो अभियानले भ्रष्टाचार, यथास्थिति र बेतिथिका विरुद्ध उठेको जेन जेड पुस्ताको सफल विद्रोहको सम्मान गरेको छ । आन्दोलनबाट उत्पन्न राजनीतिक सङ्क्रमणलाई अग्रगामी निष्कर्षमा पुर्‍याई विकास र समृद्धि हासिल गर्न सचेततापूर्वक अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ ।

‘देश निर्माणको प्रश्न साझा सरोकार र प्रयासको विषय भएकाले संयुक्त राजनीतिक पहल मूलतः तीन पुस्ता (जेन जेडको ऊर्जा र साहस, जेन वाईको बुद्धि, विवेक र ज्ञान एवम् जेन-एक्सको अनुभव र परिपक्वता) लाई संयोजन गरी पहल लिनुपर्ने अपरिहार्यता ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा राजनीतिक दल देश निर्माणका लागि जिम्मेवार हुने भन्दै यसका लागि देश निर्माण गर्न सक्ने स्तरको राजनीतिक दल बन्नु पहिलो सर्त भएको उनीहरूले बताएका छन् ।

‘राजनीतिक दल बन्न नसकेको अवस्थामा मूलधारका पार्टीका शीर्ष नेतृत्वले तत्काल राजनीतिबाट सन्यास लिई दलभित्रको लोकतान्त्रीकरण, रूपान्तरण र पुस्तान्तरण सुनिश्चित गर्न माग गरौँ’, उनीहरूले भनेका छन् ।

राज्यबाट भएको दमन र अवाञ्छित तत्त्वहरूबाट भएको निजी क्षेत्र एवं राज्यका महत्त्वपूर्ण भौतिक संरचना र जनधनको क्षतिको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कानुनी कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न पनि उनीहरूको माग छ ।