२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड आन्दोलनको उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने गरी अहिले अन्तिम सरकारलाई सहयोग गर्दै घोषित मिति मै चुनाव सम्पन्न गर्न अनुरोध गरेका छन् ।

सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा आगजनीले ध्वस्त भएको संरचना अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले छिटो छिटो एक जुट भएर चुनावमा लाग्नुपर्ने उल्लेख गरेका हुन्।

‘देशमा अन्तिम सरकार बनिसकेको निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा हामीले अब त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर एकजुट भएर जानु आवश्यक छ’ उनले भने,’ अहिले निर्वाचन एकदम आवश्यकता हो। त्यसमा हामीले अरु विकल्पको कुरा अहिले गर्नुहुँदैन। किनभने यदि यो सरकार असफल भयो र घोषित मितिमा निर्वाचन भएन भने देश भयावह संकटमा फस्न सक्छ ।’

उनले जेन जेड को प्रस्तावमा दलहरूको सहमतिमा अन्तरिम सरकार गठन गर्ने प्रयास असफल भएको बताएका हुन् ।

दलहरूसहितको सहमतिबाट अगाडि बढ्ने दलहरूको प्रस्ताव वार्ताको क्रममा सफल हुन नसकेको जानकारी दिएका छन् । ‘अन्तरिम सरकारको गठन गर्न संवैधानिक र विधिसम्म ढंगले अगाडि बढ्ने गरी जेन जेडकै प्रस्ताव र सहमति अनुसार सरकार गठन गर्न खोजेका थियौँ’ उनले भने, ‘तर पनि राष्ट्रपतिले धारा ६१ मा टेकेर अन्तरिम सरकार गठन गर्नुभएको छ, त्यही बाटोबाट छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गर्न सबै एकजुट हुनुपर्छ ।’