२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई श्रेष्ठको सुझाव-‘ कम बोल्नुस्, काममा केन्द्रित हुनुहोस् र चुनाव १ दिन पनि पर धकेल्न पाइँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिबाट एक दिन पनि निर्वाचन सार्ने छुट नभएको बताएका छन्।

उनले अहिले अत्यन्त संवेदनशील परिस्थितिमा देश रहेको भन्दै उनले भनेका छन्, ‘अहिलेको मुलुकको केन्द्रीय कार्यभार घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नु हो । त्यसैले अन्तरिम सरकारलाई त्यस उद्देश्यका निम्ति सफल पार्न सबैले सहयोग गर्नु पर्दछ । हामी त्यसमा प्रतिबद्ध छौँ ।’

उनले प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्ने बताए।

उनले भनेका छन्, ‘कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्। बोल्नै पर्दा पनि गलत नबोल्नुहोस्। गल्ती बोलेको कुरा कुनै सच्याईहाल्नुस र कुनै अब आइन्दा त्यस्तो गल्ती दोहर्‍याइनुस्। तपाईँले निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन, २ महिना थप पनि हुनसक्छ भन्नुभएको छ । तपाईँलाई त्यो कार्यादेश छैन । निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन ।’

उनले अहिलेदेखि निर्वाचन सार्ने सोचेको भए घातक साबित हुने बताएका छन्। ‘निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर संकटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस्। अन्यथा सोच्न, गर्न मिल्दैन’ उनले भनेका छन्।

देश, संविधान र लोकतन्त्रको रक्षा गर्न घोषित मिति फागुन २१ मा शान्तिपूर्ण, स्वच्छ एवं निष्पक्ष निर्वाचन गर्ने गरी लाग्न आह्वान गरेका छन्। उनले अहिलेको सरकारमा दलको प्रतिनिधि नराख्ने कुरामा सहमत भए पनि राष्ट्रपतिको सुझावलाई हलुकासँग नलिन पनि सुझाएका छन्।