२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

अ+ अ-

काठमाडौँ ।  ‘जेन जेड’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् । 

प्रहरीले तथ्यांक संकलन गरिरहेको छ । आन्दोलनमा पाँचवटा संघीय कार्यालय, सात प्रादेशिक कार्यालय, १७ जिल्ला तथा स्थानीय कार्यालय, १२ पार्टी कार्यालय, आठ वटा व्यक्तिगत तथा निजी घर र तीन वटा अन्य संघ-संस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरी क्षति पुगेको जनाइएको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै क्षति सुर्खेतमा भएको छ । सुर्खेतमा २६ वटा सरकारी, निजी तथा पार्टी कार्यालयमा क्षति पुर्‍याएको छ भने जुम्लामा छ वटा र मुगुमा दुई वटा भौतिक संरचनामा आगजनी तथा तोडफोड गरिएको छ । 

सुर्खेतमा कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा भवनलगायतका सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको छ । यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नं १ देखि १२ सम्मका सबै वडा कार्यालयमा पनि क्षति पुर्‍याइएको छ । 

यस्तै, मुख्य राजनीतिक दलका पार्टी कार्यालयसहित पार्टी नेताहरूका निजी घरमा समेत आगजनी भएको छ । यहाँ १९ वटा सरकारी गाडी र १९ वटा मोटरसाइकलमा आगजनी भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ । 

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेले दुई वटा निजी गाडी र पाँच वटा निजी मोटरसाइकलमा समेत आगजनी भएको तथ्यांक प्राप्त गरिएको जानकारी दिए । प्रदर्शनकारीले एम्बुलेन्स, शव वाहन र दमकलमा समेत तोडफोड गरेका छन् । 

अन्य जिल्लामा समेत क्षतिको विवरण संकलन भइरहेकाले सबै विवरण प्राप्त पछि सार्वजनिक गरिने प्रवक्ता घिमिरेले बताए । आगजनी तथा तोडफोडमा संलग्न भएकाहरूको खोजी कार्य पनि सँगसँगै अगाडि बढेको उहाँले जानकारी दिए ।