२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयमाथिको आक्रमणप्रति सर्वोच्च अदालत संयुक्त ट्रेड युनियन सञ्जालले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ। सर्वोच्च अदालत संयुक्त ट्रेड युनियन सञ्जालले हालैको युवा आन्दोलनका क्रममा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि भएको आक्रमण, आगजनी, तोडफोड, लुटपाट तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको क्षति प्रति घोर भर्त्सना गरेको छ ।

सर्वोच्च अदालत लगायत देशभरका अदालतको भौतिक संरचना ध्वस्त हुनु, मुद्दाका मिसिल तथा ऐतिहासिक कागजात नष्ट हुनु र न्यायाधीश एवं कर्मचारीमाथि धम्कीपूर्ण गतिविधि हुनु लोकतान्त्रिक मान्यता र कानुनी शासनकै अपमान भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अर्जुनबाबु सापकोटा र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जोदासिंह कठायतले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड युनियनले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष न्यायिक छानबिनमार्फत दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै क्षतिग्रस्त अदालतको पुनर्निर्माण र पुन:सञ्चालनमा राज्यले तत्काल पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा असहज परिस्थितिमा पनि विचलित नभई सेवा प्रवाहमा खटिएका कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै न्यायपालिकाको गरिमा, शुद्धता र श्रीवृद्धिका लागि सबै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।