२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुहाङ नेम्वाङले भने : ‘मेरो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी चाहन्छु’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले आत्मालोचना र कमजोरीहरूको स्वीकारोक्तिसहित जनतालाई माफी मागेर सच्चिने प्रण गर्नुपर्ने बताएका छन् ।

आज एक सन्देशमार्फत उनले सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरीप्रति माफी मागेका छन् ।

सुहाङले भनेका छन्, ‘यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरूले भविष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टकटक्याउँदै उठ्नुपर्छ तर सुन्दर भविष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्तिसहित ।’

आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उत्रिएका कलिला र अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रूरतापूर्ण दृश्यहरूले आफूलाई नराम्ररी झस्काइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’

सँगै २४ गतेको घटनासँग कैयन प्रश्न मनमा उब्जिएको भन्दै सुहाङले थपेका छन्, ‘रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिँडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पत्तिहरूमाथि किन आगो लगाए ? उनीहरू को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए ? हाम्रो सुन्दर र सुनिश्चित भविष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरूले नै खोज्नुपर्नेछ ।’