२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन ‘प्रचण्ड’को आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अग्रगमनको मार्गमा अघि बढाउनका लागि  राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई आह्वान गरेका छन् ।

संविधान दिवसका अवसरमा आज आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको ‘भर्चुअल’ बैठकमा उनले अहिले मुलुकले व्यहोरि रहेका चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताए । शासकीय अभ्यासलाई लिएर जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा माओवादीले फरक मत दर्ज गराएको शासकीय स्वरूप र निर्वाचन प्रणालीको महत्त्व अहिले झन् सान्दर्भिक देखिएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

कैयन प्रतिकूलताकाबीच जेन जेड आन्दोलनको माग सम्बोधन र संविधानको रक्षामार्फत देशलाई सहज निकास दिन माओवादी केन्द्रले विशेष भूमिका निर्वाह गरेको जनाउँदै अध्यक्ष दाहालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । बैठकमा माओवादी केन्द्रका नेता एवं जनप्रगतिशील मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो ।