२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध

अ+ अ-

काठमाडौँ । हालको संवेदनशील सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा बढ्दो आपराधिक गतिविधिहरू रोकथाम गर्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेको छ।

सशस्त्र प्रहरीले आज एक सूचना प्रकाशन गर्दै सीमा क्षेत्रमा भइरहेको चोरी, तस्करी, घुसपैठ, अतिक्रमण र अन्य आपराधिक क्रियाकलापहरूलाई नियन्त्रण गर्न आम नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको जनाएको छ।

कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी दिन हटलाइन नम्बर ९८५१२९११०० र टोल फ्री नम्बर १११४ वा एसएमएस वाट्स एप भाइवरमा फोन म्यासेज गरेर पनि जानकारी दिन सकिनेछ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा शान्ति सुरक्षाको  लागि जिम्मेवारीपूर्वक कार्य गरिरहेको उल्लेख गर्दै नागरिकबाट प्राप्त हुने सूचना सुरक्षाका लागि सहयोगी हुने बताएको छ।

साथै  सशस्त्रकै कर्मचारीहरू समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा जानकारी दिन अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ,‘हालको जटिल सुरक्षा स्थिति तथा चाडपर्वको अवसरको अनुचित फाइदा लिँदै आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरूले खुल्ला सीमा इलाकाबाट चोरी तस्करी लगायत सीमा अपराध गराउन सक्ने हुँदा यस्तो क्रियाकलापहरू कहीँ कतै भएको पाइएमा र देखिएमा वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरू समेत यस्तो अवाञ्छित क्रियाकलापमा संलग्न भएको पाइएमा सशस्त्र प्रहरी बल, नेपालको हट लाइन नं. ९८५१२६१२०० मा म्यासेज र फोन वा टोल फ्रि नं. १११४ मा जानकारी गराई सहयोग गरिदिन हुन आम सर्वसाधारण लगायत सम्पूर्णमा अनुरोध गर्दछु ।’