२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बन्ने हल्ला अफवाह मात्र हो : मुख्यसचिव अर्याल

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आफू मन्त्री बन्ने दौडमा रहेको हल्ला निराधार र अफवाह मात्र भएको स्पष्ट पारेका छन्। केही अनलाइन माध्यम र सामाजिक सञ्जालमार्फत आफूमाथि यस्तो भ्रम फैलाइएकोप्रति आश्चर्य व्यक्त गर्दै उनले वास्तविकतामा नभएको विषयमा हल्ला फैलाउनु आपत्तिजनक भएको टिप्पणी गरे।

मुख्यसचिव अर्यालले मुलुक अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा सबैले आफ्नो पद र जिम्मेवारीअनुसार योगदान दिनुपर्ने आवश्यकता औंल्याए। “मुख्यसचिव भइसकेको व्यक्तिलाई मन्त्री बन्दैछ भन्ने हल्ला फिजाउनु निजामती सेवामा अस्थिरता ल्याउने र आलोचनाको खेल मात्रै हो,” भन्दै उनले थपे, “यस्ता हल्लामा नफस्न र विश्वास नगर्न सम्पूर्ण कर्मचारी परिवारलाई म आग्रह गर्दछु।”

उनले जेन जेड आन्दोलनको पृष्ठभूमिमा बनेको अन्तरिम सरकारलाई सघाउन आफूसहित सचिवहरू र सिंगो कर्मचारीतन्त्र नै भरमग्दुर रूपमा खटिएको प्रष्ट पारे। “यो अवसर खोज्ने समय होइन, बरु जसले जे पदमा छ, त्यहींबाट मुलुकलाई निकास दिने बेला हो,” अर्यालले भने।

मुख्यसचिवले आफू पूरा कार्यकालसम्म आफ्नै जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्दै कर्मचारीलाई पनि आ–आफ्नो जिम्मेवारीमा इमानदारीपूर्वक राष्ट्र निर्माणमा लाग्न आह्वान गरे।

साथै, पछिल्लो समय मुलुकमा अस्थिरता चाहने केही तत्वहरूले विभिन्न मुद्दा जोडेर कर्मचारीलाई त्रसित पार्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले त्यसतर्फ सजग रहन आग्रह गरे। “मौका पाउने वित्तिकै धमिलो पानीमा माछा मार्ने प्रवृत्ति देखिएको छ, यसमा सबै कर्मचारी सजग हुनु अपरिहार्य छ,” उनले आग्रह गरे ।

यससँगै उनले सेवाप्रवाहप्रति भइरहेका गुनासो समाधान गर्न तत्कालीन र दीर्घकालीन दुवै उपायमा काम भइरहेको बताए। कतिपय नीतिहरु नै बाधक बनेका कारण तिनलाई संशोधन गर्ने तयारी भइरहेको उल्लेख गर्दै उनले तत्काल सेवा सुधारका लागि कर्मचारी थप्ने प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए।