२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

अ+ अ-

म्याग्दी । धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् ।

धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नं ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा खानेपानी सुविधा विस्तार भएको हो ।

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले ठेक्कामार्फत निर्माण भएका दुईवटै योजनामा रु दुई करोड ३२ लाख पाँच हजार ८४ खर्च भएको बताए। आयोजना प्रभावित दुईवटा वडाका छवटा टोलका सबै घरमा खानेपानी वितरणका लागि मिटरसहितको धारा निर्माण भएको छ । मुहान, ट्याङ्की, मुख्य र शाखा पाइप लाइन निर्माण गरेर घरघरमा सफा र स्वच्छ खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ ।

घरघरमा खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई समयको बचत र पानी ओसार्न हुने झन्झट हटेको धवलागिरि गाउँपालिका–६ का लाल केसीले बताए। यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनामार्फत मच्छिमको शिरमा रहेको बञ्चरेमा मुहानबाट पानी ल्याएर वितरण भएको छ । यो योजनाका लागि रु एक करोड ३६ लाख ३४ हजार ३११ खर्च भएको छ ।

रु एक करोड १३ लाख ४९ हजारमा आर्थिक वर्ष २०७८/७९ मा ठेक्का सम्झौता र यस वर्ष सकिएको मराङको खानेपानी योजनामा रु एक करोड सात लाख ५२ हजार २१२ भुक्तानी भएको छ । मराङ खानेपानी योजनाबाट खानेपानी वितरण भइसकेको छ ।

मच्छिम, शिवाङ, हिलापोखरी खानेपानी योजनाको संरक्षणको परीक्षण सफल भए पनि प्रयोगमा आएको छैन । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले उपभोक्ता समिति गठन गरेर योजना हस्तान्तरण र बर्खा सकिएपछि सञ्चालन गरिने बताए।