२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगजनी र तोडफोडका घटनाको अनुसन्धानमा सघाउन कास्की प्रहरीको अनुरोध

अ+ अ-

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

उक्त विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सिसि टिभीका फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रमाणजन्य सामग्री उपलब्ध गराई घटनाको अनुसन्धानमा सघाउन प्रहरीले अनुरोध गरेको हो ।

साथै सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइछिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्न भनिएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सूचनामार्फत विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सूचना र प्रमाणजन्य सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता कायम गरिने जनाएको छ ।

प्रदर्शनकारीले कास्कीका सुरक्षा निकाय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । पोखरामा रहेका तीनै तहका सरकारका अधिकांश कार्यालय भवन आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका छन् ।