कर्णाली । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् ।
जेन जेड प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली काँग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरूसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको संकटका विषयमा दलहरूले निर्मम समीक्षा गर्नुपर्ने धारणा राखे ।
उनले भने, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरूलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।” चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।







