२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडका नाममा पालिकादेखि सिंहदरवारसम्म जलाउनेमाथि छानबिन गर्न माग

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले जेन जी आन्दोलनको क्रममा आगजनी, तोडफोड तथा लुटपाटको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडका घटनाको छानबिन गर्दै दोषीहरूमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको हो ।

जेन जेड पुस्ताले देशमा भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग राख्दै भएको आन्दोलनमा घुसपैठ भएको फोरमको निष्कर्ष रहेको काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी गराएका छन् ।

आन्दोलनको नाममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, नगरपालिकाका भवन लगायतका सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनी निन्दनीय रहेको उनले बताए ।

काठमाडौँ उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् । तर, फोरमको बैठक एवं गतिविधिमा काठमाडौँका मेयर बालेन भने अनुपस्थित हुँदै आएका छन् ।

मेयर्स फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड सहयोग गर्ने र सुरक्षा व्यवस्था सुदृढ गर्न उपत्यका प्रहरी कार्यालयलाई एक करोड रुपैयाँ सहयोग गरिने जानकारी दिए ।

तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकताका आधारमा थप सहयोग गरिने पनि उनले बताए । मेयर्स फोरमले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि युवा पुस्ताले राखेका मागप्रति ऐक्यबद्धता जनाएको छ ।