२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन

अ+ अ-

काठमाडौँ । धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्य चौकी छन् । 

धुर्कोट-६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा सञ्चालन भइरहेको छ । उक्त अस्पतालमा हाल दुई जना विशेषज्ञ चिकित्सकसमेत छन् । बाँकी रहेका छवटा स्वास्थ्य चौकीमा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो । 

रजस्थलमा रहेको आधारभूत अस्पतालसहित नयाँ गाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु र वाग्ला स्वास्थ्य चौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

ल्याब सेवासहित सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालन भएसँगै सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालनका लागि सबै स्वास्थ्य संस्थामा ल्याब असिस्टेनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

वडामा ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाबलगायत परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । गर्भवतीसहित अन्य बिरामीको रगत परीक्षणलगायत सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताए । 

“अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो, गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एक पटक तम्घास जानुपर्ने बाध्यता थियो, अब उक्त सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ”, उनले भने ।

स्वास्थ्य चौकीबाट योभन्दा अगाडि चौबीसै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोगको परीक्षण, सरकारले तोकेका औषधिको उपलब्धतालगायत सेवा प्रदान हुँदै आएको स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले जानकारी दिए ।