२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर

अ+ अ-

काठमाडौँ । विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।दसैँका लागि घर फर्किरहेका यात्रु सवार सुदूरपश्चिम प्रदेशको धनगढीबाट बैतडीको पुर्चौडी जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० विद्युतीय गाडी जिल्लाको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा शनिबार दुर्घटनामा परेको हो ।

गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा पुर्चौंडी नगरपालिका-५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, पाँच वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । 

त्यसैगरी पुर्चौंडी नगरपालिका-४ का १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी-३ की २२ वर्षीया सावित्री धामी घाइते भएका छन् । सवारी चालक पुर्चौडी नगरपालिका-५, का महेश बोहरा फरार रहेका छन् । फरार रहेका चालकको खोजी र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।