२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीतिक र संवैधानिक निकासका लागि तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ’: महामन्त्री शर्मा

अ+ अ-

बागमती । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताएका छन् ।

जेन जेड प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै निर्वाचन हुनुपर्ने बताए ।

“राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ”, महामन्त्री शर्माले भने, “यसका लागि काँग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।” 

प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन काँग्रेसले सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । महामन्त्री शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरूलाई मन्त्री बनाइए पनि जेन जेड युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद् जेन जेड युवा पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिए।

जेन जड आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेन जेड युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए । “हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ ।

त्यसका लागि काँग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेन जेड पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ”, उनले भने, “पार्टी सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका सन्दर्भमा पनि भिडियोकै आधारमा आम धारणा बनाउन हुँदैन । यस विषयमा निष्पक्ष अनुसन्धानमार्फत सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।”