काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोगको चेक आज अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्।
भाद्र २३ र २४ गते मुलुकभर जेन जेडको आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा तोडफोड र आगजनी भई ठुलो क्षति पुगेको थियो। सोही संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत योगदान दिएको अर्थ मन्त्रालयका सह-सचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए।







