२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

अ+ अ-

काठमाडौँ । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ । 

बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

तल्लोकोटस्थित फूलपाती चौताराबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको उनले बताए । मुख्य पुरोहित भट्टराईले भने, “गोरखा दरबारबाट निस्किएको बाजागाँजा र झाँकीसहितको टोलीले हर्षउल्लासका साथ फूलपाती दसैँघरमा पुर्‍याएको हो ।” 

फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।

यसअघि रातिको समयमा फूलपाती लिन फूलपाती चौतारामा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा स्थानीयवासीको टोली लावालस्करसहित तत्ललोकोटमा रहेको पिपल डाँडा पुगेका थिए ।

गए राति जंगलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भित्र्याइएको मुख्य पुरोहित भट्टराईले बताए ।

दरबारमा फूलपाती भित्र्याउनुअघि गोरखा दरबारदेखि मंगलिनीहरूले मंगलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिँढीसम्म पुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याइएको मूल पुरोहित भट्टराईले जानकारी दिए । 

यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका फूलपाती पठाइएको थियो ।