२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारी वर्षाको प्रक्षेपणपछि ललितपुर प्रशासनद्वारा चोभार गल्छीको निरीक्षण

अ+ अ-

काठमाडौँ । केही दिन अति भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएपछि ललितपुर प्रशासनले उपत्यकाको प्रमुख जल निकास बिन्दु चोभार गल्छीको निरीक्षण गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ गतदेखि २० गतेसम्म मनसुनी वायुको प्रभावले भारीबर्षा हुने प्रक्षेपण गरेपछि ललितपुर प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका सुरक्षा प्रमुखहरूले चोभार गल्छीको निरीक्षण गरेको हो ।

नख्खु खोला, बागमती खोला चोभार गल्छी भएर निकास निस्कने क्रममा आसपासका क्षेत्रमा पार्न सक्ने असर र जनधनको सुरक्षा गर्नका लागि निरीक्षण गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनले चोभार गल्छी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरे । तीन दिनसम्म कान्ति लोकपथमा बेलुका ४ देखि बिहान ६ बजेसम्म आवतजावतमा बन्द गरिएको उनले जानकारी दिए।

जिल्लाको बागमती गाँउपालीका लगाएत दक्षिणी भू-भागमा बाढी पहिरोको खतरा रहेकाले जोखिमयुक्त स्थानभन्दा अलि टाढा अस्थायी बसोबासको व्यवस्था मिलाउन सम्बन्धित पालीकालाई पत्राचार गरिसकेको ललितपुर प्रशासनले जनाएको छ । प्राकृतिक विपद् न्यूनीकरणका लागि आवश्यक सबै सुरक्षा तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।