काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।
शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







