२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी जन्य रोगबाट बच्न ढल व्यवस्थापन विभागको आग्रह

अ+ अ-

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण पानीजन्य रोगको जोखिम उच्च भएकाले त्यसबाट बच्न आग्रह गरेको छ ।

विभागले एक अनुरोध पत्र जारी गर्दै यस्तो अवस्थामा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वच्छ खानेपानी र व्यक्तिगत सरसफाइमा जोड दिन अनुरोध गरेको हो । 

बाढी पहिरो र डुबानका कारण खानेपानीका स्रोतहरू प्रदूषित हुने सम्भावना धेरै हुने भएका र झाडा–पखाला, हैजा, आउँ, टाइफाइड, जन्डिसजस्ता गम्भीर रोगहरू फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको विभागका उप–महानिर्देशक ई नारायणप्रसाद आचार्यले बताए । उनले भने, “हामीले आम नागरिकहरूलाई विशेष सतर्क रहन र पानी शुद्धीकरण गरेर मात्र पिउन सन्देश दिएका छौँ ।”

विभागले देशका विभिन्न स्थानहरूमा रहेका खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगञ्ज, जनकपुर, विराटनगरका साथै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघलाई परिपत्र पठाएर सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

विशेष गरी बालबालिका, वृद्ध वृद्धा र दीर्घ रोगी बिरामीहरूलाई उच्च जोखिममा रहेको भन्दै उनीहरूको हेरचाहमा थप सतर्कता अपनाउन अपिल गरिएको उपमहानिर्देशक आचार्यले बताए ।