काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। काठमाडौँस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता साफले सोमबार खेल तालिका सार्वजनिक गरेको हो।
दक्षिण एसियाका पाँच देशका क्लब सहभागी रहने यो प्रतियोगिता डिसेम्बर ५ देखि दशरथ रंगशालामा सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ। सोही दिन नेपालको विभागीय टोली एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमीसँग खेल्नेछ।
बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराँची फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताका खेल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ।
राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच डिसेम्बर २० मा फाइनल खेल हुनेछ ।








