काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ घैला बौनियाका ३६ वर्षीय मिलन डगौरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जडान गरी माछा मार्ने प्रयास गर्दा सोमवार करेन्ट लागेर मृत्यु भएको हो ।







