२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

अ+ अ-

काठमाडौँ । लागू औषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ परेका छन् । धनुषा, मोरङ, झापा जिल्लाबाट छ जना पक्राउ परेका हुन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ बाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा मिर्चौया नगरपालिका-७ बस्ने २४ वर्षीय निराजन यादव र सप्तरी राजविराज नगरपालिका-१ बस्ने ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले सिराहा बन्दिपुरबाट बिरेन्द्रबजारतर्फ आउँदै गरेको बा.प्र.०३-००२ प २०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका-१० संगमचोकबाट नियन्त्रित लागू औषध ट्रामाडोल ९२ ट्याब्लेटसहित सोही नगरपालिका-१२ बस्ने २१ वर्षीय अमृत चौधरी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिरा चौकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

त्यसै गरी झापामा गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ प्रगति टोल बस्ने २३ वर्षीय चन्दन राय र मोरङ रतुवामाई नगरपालिका-३ महादेवा बस्ने ३४ वर्षीय बिमल कामत रहेका छन् । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले पिण्डलघुटुबाट तुलाचन चोकतर्फ आउँदै गरेको मे.३ प ३५४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

हाल उनीहरूलाई प्रहरीले नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।