काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित टेकु दोभानमा आज एक किशोरीको शव फेला परेको छ ।
काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका-१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।







