२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जको होटलमा भारतीय बुवा-छोराको शव फेला

अ+ अ-

काठमाडौँ । वीरगञ्जको एक होटलमा भारतीय बुवा-छोराको शव फेला परेको छ ।

भानु चोकस्थित शाह प्याराडाइस होटेलको पहिलो तलमा रहेको कोठा नम्बर १११ मा बुवा-छोराको शव फेला परेका हुन् ।

होटेलको इन्ट्री रजिस्ट्रमा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र छोरा २४ वर्षीय सागर आचार्य मंगलबार साँझ कोठाभित्रै मृत अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार असोज १९ गतेदेखि बास बसेका दुवै जना मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटेलका कामदार उनीहरूलाई बोलाउन उक्त कोठामा गएका थिए। तर होटेलका कामदारले पटक-पटक ढकढकाउँदा पनि ढोका नखोलेपछि उक्त कोठासँगै रहेको अर्को कोठाको भेन्टिलेटरबाट हेर्दा कोठामा बुवा र छोरा दुवै मृत अवस्थामा रहेको देखेका थिए।

सोही समयमा होटेलका सञ्चालकले खबर गरेपछि प्रहरी उक्त होटलमा पुगेको थियो । प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा कोठाभित्र सजन ओछ्यानमा र छोरा सागर झुन्डिएको अवस्थामा फेला परेको हो ।
हाल उक्त घटनलाई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।