काठमाडौँ । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वले जानकारी दिएका छन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरे पनि पछि पछाडि हटे । उनले संसद् फेस गर्ने अडान लिएका छन् ।
जनमत संसदीय दलको निर्देशन नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र भदौ ३१ गते नै बुझाइसकेको छ ।
एक साता अगाडि नेपाली काँग्रेसले समेत समर्थन फिर्ता लिइसकेको छ ।
२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।







