काठमाडौँ । जेन जेडको आन्दोलनको क्रममा काठमाडौँस्थित जगन्नाथ देवल कारागारबाट फरार भएका कैदी रुपन्देहीबाट पक्राउ परेका छन्।
गत भदौ २३ र २४ जेन जेड समूहले गरेको आन्दोलनको क्रममा कारागारबाट फरार भएका रूपन्देहीको गैंडहवा गाउँपालिका वडा-६ का ६५ वर्षीय पूणतबासी लोनियालाई प्रहरीले एक महिनापछि पक्राउ गरेको हो।
कारागारबाट फरार भई लुकीछिपी बसेका लोनियालाई बुधबार गैंडहवा गुलरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनलाई बुधबार नै जिल्ला कारागार रुपन्देहीमा बुझाइएको छ ।







