काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूका परिवारले संसद् भवन अगाडि दीप प्रज्वलन गरेका छन् ।
उनीहरूले बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भएको थियो जसमा पहिलो दिन १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।







