२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख

अ+ अ-

भोजपुर । विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ ।

रामप्रसादराई गाउँपालिका-८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुन् । करिब १० वर्ष विदेशमा बिताएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारी खेतीमा लागेका छन् । राईले अहिले गोलभेँडा, बन्दा, फुलकोभी, आलु, मुला, साग, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् । वडा कार्यालयको पहलमा तालिम र कृषि औजार पाएपछि खेतीमा लाग्न अझ सहज भएको उनको भनाइ छ ।

“विदेशबाट फर्केर आफ्नै गाउँमा व्यावसायिक तरकारी खेतीमा लागेको हुँ”, उनले भने, “त्यहाँभन्दा आफ्नै ठाउँमा मेहेनत गरे राम्रो आम्दानी लिन सकिने रहेछ । अहिले परिवारसँग बसेर तरकारी खेतीमै रमाएको छु ।”

तरकारी व्यवसायबाट राम्रै आम्दानी गर्न सकिने देखेपछि  २०७८ सालदेखि व्यावसायिक रूपमा तरकारी खेती गरिरहेको उनले जानकारी दिए। उनका अनुसार तरकारी खेतीबाट सबै खर्च कटाएर मासिक रु. २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ । गाउँमै उत्पादन भएको तरकारी स्थानीय बजारमै सजिलै खपत हुने भएकाले उनलाई बिक्रीमा समस्या छैन । “आफ्नै गाउँमा व्यावसायिक बन्न सकियो भने पैसा कमाउन बाहिर जानु पर्दैन”, उनले भने, “यहाँको माटो र पसिनाले दिने आम्दानीमै सन्तुष्ट छु ।”

व्यावसायिक कृषिमा लागेका किसानलाई पहिचान गरेर उनीहरूको योजनाअनुसार अनुदान, तालिम र उपकरण उपलब्ध गराउँदै आएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष बाचकुमार राईका अनुसार सीमित बजेट भए पनि संघसंस्था र विभिन्न निकायसँग सहकार्य गरेर कृषिलाई नमूनायोग्य बनाउन जोड दिइएको छ । “आर्थिक रूपमा किसानलाई सक्षम बनाउन कृषिलाई प्राथमिकतामा राखेका छौँ”, वडाध्यक्ष राईले भने, “तरकारी खेती, व्यावसायिक बाख्रा पालनसँगै विभिन्न सीपमूलक तालिमसमेत दिँदै आएका छौँ ।”

भावी दिनमा माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उनले सुनाए। वडामा विनियोजित बजेटले सबै क्षेत्रलाई समेट्न नसकेकाले अन्य निकायसँग सहकार्य गरेर कृषिमा लगानी बढाउने काम भइरहेको वडाध्यक्षको भनाइ छ ।