काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रबल कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध मुद्दा दायर गरिएको हो ।









