२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कार्यसम्पादन समिति बैठक भोलि बस्ने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको हो ।

गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको थियो भने त्यसयता लगातार कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो । केन्द्रीय समितिमा पेस गर्ने साझा एजेन्डामा सहमति जुट्न नसक्दा बैठकको समय सारिएको छ ।

आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समिति बैठकमा सहमतिमा एजेन्डा पेस गर्नका लागि कार्यसम्पादन छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘काँग्रेसको परम्परा केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाहरू सर्वसहमतिमा बनाउने प्रचलन छ । त्यसको तयारीका लागि कार्यसम्पादन समितिको बैठक भोलिका लागि सारिएको हो ।’ भोलि दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने दुई थरी विचारका कारणले सहमति जुट्न सकेको छैन ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षधर मंसिरभित्र नियमित महाधिवेशन गर्न जोड गरिरहेका छन् । संस्थापन पक्ष भने त्यस अवधिभित्र नियमित महाधिवेशन हुन नसक्ने जिकिर गरिरहेका छन् ।