२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैमिनी नगरपालिकामा स्वास्थ्य शिविरबाट एक हजार ३७५ लाभान्वित

अ+ अ-

बागलुङ । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो ।

शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

“यस प्रकारको विशेषज्ञ सेवा लिन नगरवासीले करोडौँ खर्चनु पर्दथ्यो, हाम्रो पहलमा गाउँमै नि:शुल्क विशेषज्ञ सेवा दिइएको छ, आँखाको शल्यक्रिया सहरमा महँगो पर्दथ्यो, शिविरले गाउँमै नि:शुल्क बनायो”, शर्माले भने, “शल्यक्र्रियासहितको पहिलो शिविर जैमिनीमा भएको हो, विशेषज्ञ चिकित्सकसहित दुई दर्जन बढी स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।”

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. केशव भुर्तेल, हिमालय आँखा अस्पतालका प्रमुख डा. हरिविक्रम अधिकारी, रेडियोलोजिष्ट डा. कालु शर्मालगायत स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।

शिविरमा एक हजार १३६ जनाको आँखाको परीक्षण गरेकामा ५८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै आँखाको परीक्षणपश्चात् ४५० जनालाई नि:शुल्क चश्मा र आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै स्त्रीरोगसम्बन्धी परीक्षणमा दुई सय ३९ जना महिलाले सेवा लिएकामा दुई सय आठ जनाको भिडियो एक्सरे गरिएको थियो ।