गण्डकी । कास्की प्रहरीले नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी-१ स्थायी बसोबास भई हाल पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विक रहेका छन् ।
पोखरा महानगरपालिका-१२ शीतलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
नक्कली पेस्तोल (खेलौना) एक थान र प्रयोग गरेको ग १३ प ९८३२ नं. को मोटरसाइकलसहित निजलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







