२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वएआईजीसहित २ जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता, ‘प्रचण्ड’बारे भ्रम फैलाएको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी निकट वाईसीएल र अखिल क्रान्तिकारीले संयुक्तरूपमा पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

सुवेदीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।

हालैको जेनजी आन्दोलन पश्चात् देशलाई अस्थिर पार्ने उद्देश्यका साथ विभिन्न व्यक्ति तथा प्रवृत्तिहरूले आन्दोलनका वास्तविक मागहरूलाई अपहरण गरी भ्रम फैलाउने कार्य गरिरहेका भन्दै वाईसीएल र अखिल क्रान्तिकारीको टोलीले साइबर ब्युरोमा उजुरी दिएको हो ।

उजुरीमा भनिएको छ, ‘पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यममार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध घर जलाइँदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो भन्ने झुटा, तथ्यहीन र कपोकल्पित नियोजित प्रचार गरेका छन् ।’

‘प्रचण्ड’विरुद्धको आरोप पूर्णरूपमा भ्रामक, तथ्यहीन र राजनीतिक प्रतिशोध राखेर गरिएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छ । प्रमाणित नहुने आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्व विरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि भएको उल्लेख छ।

उनीहरूले डिजिटल माध्यमबाट गरिएको गलत प्रचार-प्रसार साइवर अपराध अन्तर्गत पर्ने भएकाले सम्बन्धित व्यक्तिमाथि कानुनी अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।