काठमाडौँ। ललितपुर जिल्लामा तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।
व्यवस्थित, मर्यादित, अनुशासित र एकता झल्काउने ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।
पटका पड्काउने, आतिसबाजी गर्नेजस्ता कार्यमा पूर्ण रूपमा रोक लगाइएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।








