काठमाडौँ । गायक तथा संगीतकार बाबुल गिरीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ। शनिबार दिउँसो उनको अनामनगरस्थित स्टुडिओमा एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्।
सोही घटनाबारे बुझ्न गिरीलाई आइतबार जिल्ला प्रहरी परिसरमा बोलाइएको हो । शनिबार नितु पौडेलले बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। त्यस क्रममा उनलाई बचाउने प्रयास गर्दा गिरी पनि घाइते भएका थिए। त्यहाँबाट उद्धार गरिएकी युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
नीतुको अवस्था गम्भीर रहेको बुझिएको छ । हातखुट्टामा सामान्य जलन भएका बाबुल भने हिजै डिस्चार्ज भएका छन् । डिस्चार्ज लगत्तै उनलाई प्रहरीले सोधपुछका लागि बोलाइएको हो।







