२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ महिनाभित्र भूमिको दोहोरो स्वामित्व अन्त्य गरिसक्ने भूमि मन्त्रालयको लक्ष्य

अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अबको ८ महिनाभित्र भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गरिसक्ने लक्ष्य रहेको बताएको छ।

मन्त्रालयका अनुसार यो लक्ष्य कानुनी रूपमा नै निर्धारण गरिएको हो। त्यसअनुसार काम भइराखेको मन्त्रालयको जवाफ छ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले संघीय संसद् सचिवालयमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई यो विषयमा लिखित प्रश्न गरेका थिए। मन्त्रालयले पनि लिखित रूपमै जवाफ पठाएर २०८३ असार मसान्तसम्म भूमिको रहेको दोहोरो स्वामित्व अन्त्य गरिसक्ने कानुनी व्यवस्था रहेको बताएको छ।

सूचना संकलन गर्ने, मालपोत कार्यालयहरूमा पत्राचार गर्ने र कानुन निर्माणको काम अगाडि बढेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार २०५२ सालयता मोहियानी हक कायम नहुने कानुनी व्यवस्था छ। २०५२ साल भन्दा अगाडि मोही कायम भएर प्रमाणित भएका चाहे गुठीका मोहीहरू हुन्, चाहे अन्य क्षेत्रका मोहीहरू हुन्। उनीहरूलाई मोही कायम गराएर द्वैध स्वामित्व अन्त्य गर्ने प्रयासमा सरकार छ।

अरूको स्वामित्वमा रहेको जग्गा लामो समयदेखि उपभोग गर्दै आएका किसानले जमिनमा आफ्नो समेत हक पाउने व्यवस्थालाई भूमि सम्बन्धी ऐन २०२१ ले हकका रूपमा स्थापित गरेको थियो। यो ऐनले जग्गाधनीले मोहीलाई हटाउन नसक्ने, निःशुल्क अन्य काम लगाउन नपाउने जस्ता व्यवस्था गरेर मोहीलाई बलियो बनाएको छ।