२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग टू: नेपालले आज अमेरिकासँग खेल्दै

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।

नेपाल र अमेरिकाबीच ओडीआई क्रिकेटमा कुल ९ खेलहरू भएका छन्, जसमा दुवै टोलीले समान ४–४ खेलमा विजय हासिल गरेका छन् । एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । हालका भिडन्तहरू हेर्दा अमेरिकाले २०२४ मा आफ्नै मैदानमा भएको दुई खेलहरूमा नेपाललाई क्रमशः ३७ रन र ३ विकेटले हराएको थियो। यो सिरिजमा नेपालले आफ्नो लय देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।

आइसिसी विश्वकप लिग २ को हालको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ, जसले २० खेलमा १४ जित, ६ हार र २८ अंक जोडेको छ । यता नेपाल भने सातौँ स्थानमा छ । १६ खेलमा ५ जित, ९ हार र २ नतिजाविहीन खेलबाट १२ अंक मात्रै जोडेको छ । यही सिरिजमा रहेको घरेलु टोली युएई भने समान खेलमा ६ अंकसहित पुछारमा छ ।

८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आइसिसी विश्वकपमा छनोट हुनेछन् । यता अमेरिका भने उत्कृष्ट फर्ममा छ । २० खेलमा १४ जितले उनीहरूको आक्रामक शैली झल्काउँछ । तर दुबईको मैदानमा नेपालले आफ्नो स्पिन आक्रमणको फाइदा लिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

टी२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को यो सिरिज खेल्दै छन् । विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।