२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा कार्यविधि अवैज्ञानिक र अन्यायपूर्ण भएको संघर्ष समितिको दाबी

अ+ अ-

काठमाडौँ। नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयले जारी गरेको सरुवा कार्यविधि अबैज्ञानिक र अन्यायपूर्ण भएको भन्दै तत्काल संशोधन गर्न माग गरेको छ । समितिले आइतबार जारी गरेको विज्ञप्तिमा सरुवा मापदण्ड शिक्षकको हित र विद्यालयको आवश्यकता अनुरूप नभए आमरण अनसन बस्ने चेतावनी दिएको छ ।

समितिका संयोजक नेत्रलाल भट्टराई (नारायण) का अनुसार हालको कार्यविधिले सामुदायिक विद्यालयहरूमा अव्यवस्था बढाएको र नवप्रवेशी शिक्षकहरूलाई अनावश्यक रूपमा पीडा र अन्यायमा पारेको छ । विज्ञप्तिमा भनिएको छ,‘कहिले सामुदायिक विद्यालयको दैलो नदेखेका तत्कालीन शिक्षा मन्त्री सुमना श्रेष्ठ र सिहंदरवारको बाहिरी अवस्था नबुझेका केही कर्मचारीहरूले जारी गरेको यो सरुवा कार्यविधि शिक्षण पेसाको मर्यादामाथि प्रहार हो ।’

समितिले यसअघि पनि विद्यालय व्यवस्थापन समिति महासंघ, संघर्ष समिति, शिक्षा प्रेमी र बुद्धिजीवीहरूले कार्यविधिको खारेजीका लागि आवाज उठाइसके पनि सरकारको बेवास्ताका कारण समस्या अझ गम्भीर बन्दै गएको जनाएको छ ।

हाल बनेको नागरिक सरकारले सुझाव माग्दै संशोधन प्रक्रिया अघि बढाएको भए पनि समितिले त्यसलाई अपुरो भन्दै उक्त अबैज्ञानिक कार्यविधि पूर्णरूपमा खारेज गर्न माग गरेको छ । समितिले शिक्षा नियमावलीमै सरुवा सम्बन्धी प्रावधान समेट्नुपर्ने र सरोकारवाला पक्षहरू–विद्यालय व्यवस्थापन समिति महासंघ, स्थानीय तह, शिक्षा शाखा, जिल्ला शिक्षा समन्वय इकाइ तथा पीडित शिक्षकहरूको संयुक्त सुझावका आधारमा वैज्ञानिक प्रक्रिया तयार गर्नुपर्ने माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, यदि हाम्रो आवाज बेवास्ता गरियो भने हजारौँ नवप्रवेशी शिक्षकहरू शिक्षा मन्त्रालयमै आमरण अनसन बस्न बाध्य हुनेछन् । त्यसका लागि सबै शिक्षक साथीहरू तयारी अवस्थामा रहनुहोस् ।’

संघर्ष समितिले तत्काल संशोधनका लागि ठोस सुझावहरू पनि सार्वजनिक गरेको छ । तीमध्ये प्रमुख बुँदाहरूमा शिक्षक सरुवाको कारण र विद्यालय विकास प्रस्ताव अनिवार्य गर्नुपर्ने, शैक्षिक उपलब्धि र कार्यसम्पादनका आधारमा मूल्यांकन गर्नुपर्ने, १५ दिने सूचना घटाएर ७ दिन कायम गर्नुपर्ने, र सरुवा छनोट तथा सिफारिस समितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय तहको शिक्षा शाखा प्रमुख र विद्यालय प्रमुखलाई समावेश गर्नुपर्ने माग छन् ।

समितिले अनलाइन वा प्रत्यक्ष रूपमा सरुवा प्रस्ताव दिन पाउने व्यवस्था गर्न, स्थानीय शिक्षकलाई प्राथमिकता दिन, श्रीमान्-श्रीमती एउटै स्थानीय तहमा कार्यरत हुन पाउने व्यवस्था गर्न, उच्च शिक्षा अध्ययनरत शिक्षकलाई प्राथमिकता दिन र पारस्परिक सरुवा हुने अधिकार सुनिश्चित गर्न पनि जोड दिएको छ ।

यसबाहेक, समितिले करार नियुक्ति अन्तिम विकल्प मात्र हुनुपर्ने, शिक्षा विभागले रिक्त दरबन्दीको विवरण शिक्षक सेवाको विज्ञापन हुनु भन्दा कम्तीमा एक महिना अघि माग गर्नुपर्ने, फरक जिल्ला वा प्रदेशमा सेवा दिने शिक्षकलाई बढुवामा विशेष अंक दिनुपर्ने र बढुवा भएपछि अनिवार्य सरुवा प्रणाली लागू गर्नुपर्ने माग गरेको छ ।

संयोजक भट्टराईका अनुसार, यी मागहरू शिक्षकको मनोबल वृद्धि, सामुदायिक विद्यालयको स्थायित्व र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अत्यावश्यक छन् । समितिले मन्त्रालयसँग थप छलफल र सुझावका लागि आफूहरू सधैँ तयार रहेको जनाएको छ ।