२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालय फेरिएसँगै मन्त्री पद अस्वीकार गरेका गणपतिलालले भने-‘मन्त्री होइन, नैतिकता नै मेरो शक्ति हो’

अ+ अ-

काठमाडौँ । भूमिसुधार मन्त्रीको प्रस्ताव अस्वीकार गरेका सम्पदाकर्मी गणपतिलाल श्रेष्ठले आफूलाई मन्त्रीभन्दा पनि नैतिकता र स्वाभिमान महत्वपूर्ण लागेको बताएका छन्। उनले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रालय परिवर्तन भएपछि प्रस्ताव अस्वीकार गरेको स्पष्ट पार्दै भनेका छन्-“म मन्त्री होइन, नैतिकता नै मेरो शक्ति हो।”

श्रेष्ठका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले एक महिना अघि नै उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने वचन दिएकी थिइन्। तर अन्तिम समयमा मन्त्रालय परिवर्तन भई भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पद स्वीकार नगरेका हुन्।

उनले भनेका छन्, “प्रधानमन्त्रीज्यूले मलाई पर्यटन मन्त्रालयको जिम्मा दिनुहुने कुरा भएको थियो। त्यसअनुसार मैले पर्यटन क्षेत्रका विज्ञ, जात्रा-पर्वका सरोकारवाला र समुदायसँग छलफल सुरु गरेको थिएँ। तर बिहान सञ्चारमाध्यमबाट भूमिसुधार मन्त्री बन्न लागेको थाहा पाएँ।”

श्रेष्ठका अनुसार त्यसपछि गृह मन्त्री ओम प्रकाश अर्यालले उनलाई फोन गरेर “तपाईंविरुद्ध ठूलो शक्ति लागेको छ, प्रधानमन्त्रीलाई भेट्नुस्” भनेका थिए। प्रधानमन्त्रीलाई भेट्दा उनले पर्यटन मन्त्रालय अरूलाई दिने वचन गरिसकेको भन्दै चुप लागेका कारण आफूले पद अस्वीकार गरेको श्रेष्ठले बताएका छन्।

श्रेष्ठले गुठी र सम्पदाको विषयलाई भूमि व्यवस्था मन्त्रालय अन्तर्गत राख्नु अनुचित भएको तर्क गर्दै लेखेका छन्, “भूमि व्यवस्था मन्त्रालयले गुठीलाई जग्गाको रूपमा हेर्छ, तर हामी गुठीलाई संस्कृति र सभ्यताको रूपमा लिन्छौं। त्यसैले म आफ्नो मर्म र अभियानको सिद्धान्तविरुद्ध जान सक्दिन।”

उनले नैतिकता र स्वाभिमानलाई मन्त्री पदभन्दा ठूलो शक्ति बताउँदै भनेका छन्, “हिजो मैले अभियान निजी स्वार्थका लागि गरेको थिइनँ, आज मन्त्री नबनिनु पनि निजी स्वार्थ त्यागकै उदाहरण हो।”

श्रेष्ठले सरकार विषयगत विज्ञताको आधारमा बन्नुपर्ने बताएका छन्। उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, “हाल बनेको सरकार विज्ञताको आधारमा बन्नुपर्ने जनताको माग हो। म मन्त्री बन्नका लागि मात्र मन्त्री बन्न चाहन्नँ।”

श्रेष्ठले आफू संस्कृति, सभ्यता र पहिचानको संरक्षणका अभियानमा निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। उनले भनेका छन्, “मन्त्री भए पनि नभए पनि, संस्कृति र सभ्यताको रक्षाका लागि अझ सशक्त रूपमा संघर्ष जारी राख्नेछु।”