२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले गर्‍यो सूचना बैंकको स्थापना

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारवाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको छ ।

पार्टीको सबै पंक्तिले संकलन गरेका प्रमाण केन्द्रीय कार्यालयमा रहनेछन् ।

विभिन्न व्यक्तिले तत्कालीन समयमा आफैँले राखेका भिडिओहरू टिकटक र रिलबाट डाउनलोड गरेर सोहीबेला राखिएका र नयाँ प्रमाणहरू समेत भेटिँदै जाँदा सबैलाई सबुतका रूपमा सुरक्षित गर्न सूचना बैंक खोलिएको पोलिटब्युरो सदस्य महेश बस्नेतले बताएका छन् ।

पार्टीले देशभरका सरकारी कार्यालय, प्रहरी व्यापार प्रतिष्ठान, निजी सम्पत्ति आगजनी तथा तोडफोड र लुटपाटका घटनाको भिडिओ, फोटो तथा अन्य प्रमाणहरू संकलन गर्न केन्द्रीय कार्यालयबाटै डेस्क तयार पारेको छ ।

विध्वंसका घटनामा संलग्नहरूको पहिचान हुने सबै प्रमाण संकलन गरेर सूचना बैंकमा राख्ने र प्रहरीलाई उपलब्ध गराउने प्रक्रिया चलिरहेको संगठन विभागका सचिव माधव ढुंगेलले बताए । अहिलेको सरकारले दोषीलाई उन्मुक्ति दिए पनि भोलि राजनीतिक दलको सरकार आएपछि कानूनी दायरामा ल्याउनका लागि प्रमाणहरू संकलन गरेर एकै ठाउँमा राखिएको उनको भनाइ छ ।

कतिपय सूचना तथा प्रमाणहरू सुरक्षा निकायसँग पनि समन्वयमा संकलन भइरहेको एमाले स्रोतले जनाएको छ । प्रहरी अधिकारीहरूसँग एमालेको कोर टिमले समन्वय गरेर सुरक्षाकर्मीको हत्या गर्नेदेखि हतियार लुट्नेहरूको जानकारी समेत उपलब्ध गराइरहेको नेताहरूले बताएका छन् ।

एमालेले आगजनी हिंसा तोडफोडमा संलग्नहरूको प्रमाण संकलन गर्ने, सुरक्षा निकायसँग पनि समन्वय गर्ने उद्देश्यले सूचना बैंक बनाएको बस्नेतको भनाइ छ । यस्ता घटनामा संलग्नहरूको पृष्ठभूमि केलाउने, उनीहरूको नेक्सस कोसँग भनेर खोज्ने र अमनप्रताप अधिकारीलगायत नेपो बेबीहरू यो विध्वंसमा को-को थिए भनेर सूक्ष्म विश्लेषण गर्ने काम पनि भइरहेको एमालेले जनाएको छ ।