काठमाडौँ । बिहीबार सेयर बजार २६०० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३४.२२ अंक बढेसँगै नेप्से २६००.३८ मा कायम भएको हो ।
कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोडको भयो । आज हिमालयन बैंकको संस्थापक सेयर मात्रै १ अर्ब ६६ करोडको कारोबार भएकाले उल्लेख्य बढेको हो ।
२१६ कम्पनीको मूल्य बढ्यो भने २८ को घटेको छ ।







