२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकिर : ‘अदालतका पूर्व फैसला हेर्दा संसद् विघटन असंवैधानिक देखिन्छ’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटन संविधानसम्मत नरहेको बताएका छन्।

सर्वोच्च अदालतका विगतका फैसलालाई हेर्दा पनि यसपटकको विघटन असंवैधानिक रहेको उनको भनाइ छ।

नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जान खोज्दा अदालतले खारेज गरेको दृष्टान्त दिँदै उनले प्रश्न गरे, ‘दुई–दुई पटक हामी आफैँले पनि प्रतिनिधि सभा विघटन गरी चुनावमा जान खोजेको हो, त्यतिबेला अदालतले जबसम्म प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था रहन्छ त्यतिबेलासम्म प्रतिनिधिसभा विघटन गर्न मिल्दैन भनेको होइन ?’

बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन्।

‘त्यो (एमाले नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने अदालतको फैसला) मान्ने हो भने अहिलेको विघटन कसरी संविधानसम्मत हुन्छ ?’ पोखरेलले थपे, ‘या त सर्वोच्च अदालतका फैसलाहरू शक्ति हेरिकन हुन्छ भन्नुपर्‍यो। त्यस्तो त होइन होला।’

प्रतिनिधि सभा पुनर्स्थापना कि निर्वाचन ? भन्ने प्रश्नहरू आउने गरेको चर्चा गर्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको फैसला आएपछि बाटो तय हुने बताएका छन्।

‘फैसला के आउँछ भन्ने टुंगो नभई हामी यो बाटोमा हिँड्छौँ भन्ने कुरा हतारो हुन्छ, उनले भने। यस्तो बेला चुनाव गौण भएको उनको भनाइ छ।

एमालेले फैसला हेरेर आगामी बाटो तय गर्ने उनको भनाइ छ। ‘हाम्रो पार्टी अदालतबाट आउने फैसला मानेर अगाडि बढ्छ,’ उनले भने, ‘संसद् पुनर्स्थापना भए संसद्बाटै जेनजीका माग पूरा गर्दै सबै पार्टी तयार भए भने अर्ली इलेक्सनमा जाने हो।’

चुनाव गराउने सरकारको प्रतिबद्धता भने व्यवहारमा नदेखिएको उनको टिप्पणी छ। काठमाडौँमा सभा गरौँ भन्यो भने सरकारले अहिले नगरिदिनुस्, वातावरण बिग्रन्छ भन्ने गरेको उनले दाबी गरे। सरकारले नै राजनीतिक दलहरूलाई निर्धक्क आफ्ना कुरा जनतासमक्ष राख भन्न सक्ने अवस्था नरहेको पनि उनले बताए।

भागेका कैदी बन्दी नियन्त्रणमा आउन नसकेको, लुटिएका हतियार फिर्ता हुन नसकेको भन्दै उनले यी पनि चुनावसँग सम्बन्धित विषय रहेको बताए। पछिल्लो समय सरकार राजनीतिक दलका नेताहरूको सुरक्षातर्फ ध्यान नदिएको पनि उनको टिप्पणी छ। उनले भने, ‘यस्ता कार्यले चुनाव हुने वातावरणलाई सहयोग गर्दैन।’