काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च:मतिमा आइतबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले रविकिरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुख, सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।
बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवको जिम्मेवारी दिइएको झाले बताएका छन्।









