२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभाको बैठक अनिश्चित

अ+ अ-

बागमती । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । 

काँग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको र सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी हुनुपर्ने भएकाले प्रदेश सभाको बैठक अनिश्चित बनेको हो ।

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भए पनि मुख्यमन्त्री बानियाँले पार्टीको केन्द्रीय समितिको बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले बैठकको मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।  

प्रदेशसभाको बैठकका लागि बागमती प्रदेशका उपसभामुख अपसारा चापागाईंले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्श गरिरहेको र उनीसँगको परामर्शपश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलले बताए। सम्भवतः कात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताए। 

बागमती प्रदेशसभाको सभाहल जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी गरेको छ । 

तत्कालका लागि अस्थायी रूपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए।