काठमाडौँ । बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.७५ अंक बढेर २५९६.९९ को विन्दुमा पुगेको छ ।
प्रि-ओपन सेसनमा ८ लाख २३ हजार ९८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको ९७० कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।







