काठमाडौँ । उपत्यका तथा देशका विभिन्न स्थानका नापी र मालपोत कार्यालयका प्रमुखहरूको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार प्रमुख नापी अधिकृत तथा प्रमुख मालपोत अधिकृतहरूको सरुवा गरेको हो।
सचिवस्तरीय निर्णय अनुसार लामो समयदेखि चर्चामा रहेका नापी तथा मालपोतका अधिकारीहरूको सरुवा गरिएको जनाइएको छ।







