२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विप्लव’-जनार्दन-घनश्यामले सहकार्य गर्ने, संयुक्त विज्ञप्ति जारी गर्ने तयारी

अ+ अ-

काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले राजनीतिक सहकार्य गर्ने भएका छन्।

शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्य गर्न तयार भएका हुन्।

शर्मा र भुसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित ‘विप्लव’निवास पुगेका थिए। त्यहाँ उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यलगायतका विषयमा छलफल भएको थियो।

‘हामी सहकार्यमा छौँ। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार गर्ने, घनिभूत बनाउनेतर्फ छलफल गर्दै छौँ,’ बैठकपछि भुसालले भने, ‘मुलुकको राजनीतिक अन्योललाई सम्बोधन गर्ने गरी सहकार्यलाई विकसित गर्दै जानेछौँ।’

उनले सहकार्यका लागि एकताबद्ध भएर जाने भन्दै तर त्यसलाई एकीकरण भन्ने भ्रम भने पाल्न नहुने बताए। ‘हामी एकताबद्ध भएर जानेछौँ। तर, एकीकरण भन्ने भ्रम नपरोस्,’ उनले भने।

नेता भुसालले आफूहरूबीच विगतमा पनि सहकार्य भएको भन्दै थप समीक्षा गरिने बताए। ‘विगतमा पनि हाम्रो सहकार्य छँदै थियो। पातलो भएको थियो । अब त्यसलाई नवीकरण गर्नेछौँ,’ उनले भने।

बैठकका विषयलाई समेटेर तीन नेताको तर्फबाट आजै संयुक्त विज्ञप्ति जारी हुँदै छ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलबीच एकता हुने भएपछि शर्मा र भुसाल अलग भएर आआफ्ना अभियान चलाउने घोषणा गरेका छन्। शर्माले प्रगतिशील अभियान नेपालको नामबाट युवालाई एकीकृत गर्दै अभियान चलाउने औपचारिक घोषणा गरेका छन्।

भुसालले एकीकृत समाजवादीबाट एकतामा नगएकाहरूलाई एकीकृत गर्दै अभियान अगाडि बढाउने बताएका छन्।

विप्लवले शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा अन्तरिम सरकार निर्माण लगायतको मागसहित र्‍याली र जनसभा गरेका थिए। सभामार्फत उनले सच्चा कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएका थिए।