२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

अ+ अ-

काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । 

यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लाख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन)गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताए । उनले भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिएको व्यावसायिक तथ्यांक भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।”

यसअघि गत वैशाखमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेको थियो । चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।